धुर्मुस-सुन्तलीको अभियानमा सबैको साथ, क्रिकेट मैदानका लागि उठ्यो ४० करोड

रोहित महतो

काठमाडौँ

हुलका-हुल आउने दातामा गजबको उत्साह देखिन्थ्यो। समूहमै नाचगान गरिरहेका थिए उनीहरू। चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशालाका लागि सहयोग गर्न पाउँदा खुसी देखिन्थे। टाढा-टाढाबाट यथाशक्य सहयोग गर्न बस अनि ट्रयाक्टरमा समेत आएका थिए उनीहरू। प्रवेशद्वार झकिझकाउ छ। बाजागाजा बजाउँदै आएका आगन्तुकको भीड छ। धुर्मुस-सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउन धनधान्याञ्चल महोत्सव आयोजना गरेको छ।

रंगशाला निर्माणमा सहयोग गर्न मुलुकभरका ७ सय ५३ स्थानीय तह र ७७ वटै जिल्लालाई पत्राचार गरिएको छ। उद्योग वाणिज्य महासंघ, उद्योग संघ, उद्योग परिसंघ, एनआरएन, लायन्स, जेसिजलगायत विभिन्न संघसंस्थालाई यस अभियानमा जोड्ने गरी काम थालिएको छ। जनस्तरबाटै रकम संकलन गरी रंगशाला निर्माण कार्यमा आफ्नो हैसियत अनुसार सर्वसाधारणले पनि नगद तथा जिन्सी दान गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-02-11 04:50:47

प्रतिकृया दिनुहोस्