यसकारण गर्दैछौं सगरमाथा संवाद

हालैका वर्षहरूमा राजनीतिक, सामाजिक र वातावरणीय क्षेत्रमा नेपालले हासिल गरेका विशिष्ट उपलब्धीसहितको सहज र स्थिर राजनीतिक पृष्ठभूमिमा सरकारले सगरमाथा संवादको नामले एक विश्व संवाद मञ्च सञ्चालन गर्ने निर्णय गरेको छ। आगामी अप्रिल २ देखि ४ सम्म काठमाडौंमा सगरमाथा संवादको पहिलो संस्करण आयोजना हुँदै छ। यसवर्षको सगरमाथा संवादको विषय ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण तथा मानव जातिको भविष्य’ छ। नेपाललगायत सम्पूर्ण विश्वले सामना गर्नुपरिरहेको जल्दोबल्दो एवं समसामयिक मुद्दा ‘जलवायु परिवर्तन’ लाई यस वर्षको संवादको मुख्य शीर्षक छानिएको छ। 

जलवायु परिवर्तनले हिमालय पर्वत क्षेत्रलगायत विश्वका अन्य पर्वतीय वातावरणमा पारेको असर र त्यसको समुद्र तटीय एवं साना टापु राष्ट्रहरूसम्मको सम्बन्धको विषयमा यसपटकको संवाद केन्द्रित हुने छ।

प्रकाशित मिति: : 2020-02-11 04:56:40

प्रतिकृया दिनुहोस्