कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
कमल विक
काठमाडाैँकाे तारेकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा श्रीमती र छाेराछाेरीकाे हत्या गरेर आफूले पनि आत्महत्या गरेका दिनेश पाण्डेले श्रीमतीकाे अपहेलना सहन नसकेर घटना घटाएकाे पाइएकाे छ।
साेमबार बिहान श्रीमती र छाेराछाेरीकाे हत्या गरेर आत्महत्या गरेका पाण्डेले श्रीमतीले माया नगरेकाे र माइतीसँग मिलेर सम्पत्ति हड्प्न खाेजेकाेले मर्न र मार्न बाध्य भएकाे सुसाइट नाेटमा उल्लेख गरेका छन्।
‘मैले दु:ख गरेर सम्पत्ति जाेरेँ तर तैँले माया गरिनस्, तैले माइतीसँग मिलेर मेराे पैसा खत्तम गरिस्,’ पाण्डेले सुसाइट नाेटमा लेखेका छन्,‘तैँले मलाई हेला गरिस्, माइतीका दाजुभाइलाई लगाएर मलाई महिला हिंसाकाे आराेप लगाएर प्रहरीकाेमा लगिस्, त्यसैले मैले आज याे गर्न बाध्य भएँ।’
उनले सुसाइट नाेटमा श्रीमतीले काेही कसैसँगकाे अनैतिक सम्बन्धबारे उल्लेख गरेका छैनन्, माइतीसँग लागेर कमाएकाे पैसा सकेकाे उनले सुसाइट नाेटमा आराेप लगाएका छन्। भने, श्रीमतीले खाना समेत नदिने गरेकाे तथा साथीभाइहरूसँग सम्बन्ध राख्न पनि नदिएकाे आराेप लगाएका छन्।
त्यस्तै उनले छाेराछाेरीकाे मायाले एक्लै छाेड्न नसकेर मारेकाे पनि बताएका छन्। ‘मैले मेरा बच्चाबच्चीलाई धेरै माया गर्छु, यिनीहरूलाई छाेड्न सकिन्ँ,’ पाण्डेले सुसाइट नाेटमा लेखेका छन्।
१२ वर्ष कुवेतमा काम गरेर ४ वर्षअघि नेपाल आएका गाेरखाकाे भीमसेन थापा गाउँपालिका घर भएकाे पाण्डेले इलेक्ट्रिसियनकाे काम गर्दै आएका थिए। उनीहरूकाे तारेकेश्वरमा १ तले घर छ। श्रीमतीले सुनिताले फेन्सी पसल गर्दै गर्थिन्। अहिले पसल छाेडेर उनी बेलायत जाने तयारीमा थिइन्।
एउटै गाउँमा प्रेम विवाह गरेका उनीहरूकाे सम्बन्न पछिल्लाे समयमा बिग्रिँदै गएकाे पाइएकाे छ। उनीहरू विवाद गरेर पटक–पटक बालाजु प्रहरीमा पुगेकाे पाइएकाे छ। पाण्डेले नाेटमा हुँदै नभएकाे महिला हिंसाकाे आराेप लगाएर आफूलाई जेलमा हाल्न खाेजेका र अरूकाे अघि अपमान गरेकाेले आत्मसम्मानमा चाेट लागेकाे बताएका छन्।
घटनाबारे प्रहरीकाे अनुसान्धान जारी छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया