महानगरीय प्रहरी वृत्त कालिमाटीमा मेशको शुभारम्भ

बिएल संवाददाता

काठमाडाै‌ं

महानगरीय प्रहरी वृत्त कालिमाटीमा प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको शुभारम्भ भएको छ। मेशको शुभाराम्भ प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले गरेका हुन्।

कार्यक्रममा महानिरिक्षक पोखरेलले सरकारले लिएको सम्वृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पुर्तिको प्रमुख तत्व सुशासन र सुरक्षा भएको बताए।

‘राज्यको सुशासन एवं सुरक्षाको पहिलो प्रतिबिम्ब नेपाल प्रहरी हो र नेपाल प्रहरीलाई उक्त अवस्थामा टिकाई राख्न संगठनका सदस्य  जवान/ हवल्दारको महत्वपूर्ण भूमिका रहन्छ’,उनले भने,‘मानव अधिकारका साथै मौलिक हक प्रयोगमा समानता र राज्यले पनि राशन वितरणमा भेदभाव नगरेको अवस्थामा संगठनको मेरुदण्डको रुपमा रहेका प्रहरी अधिकृतहरुको विचको मनोवैज्ञानिक दूरी अन्त्य गर्नुपर्छ।’ 

उक्त अवसरमा प्रहरी संयुक्त मेशको निर्माण र सुधार गर्ने अभियानमा जारी भएका निर्देशनलाई अक्षरस पालना गर्न सफल महानगरीय प्रहरी वृत्त कालिमाटीका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक रुगम बहादुर कुँवरसहित ६ जना जुनियर प्रहरी अधिकृत र प्रहरी हवल्दार/जवानलाई महानिरीक्षक पोखरेलले पुरस्कृत समेत गरे।

यसअघि प्रहरी कर्मचारीहरूको लागि सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरी ३ तहको मेश संचालन हुँदै आएको थियो। यसरी संचालनमा आएको मेश प्रणालीबाट तल्लो दर्जाको मेशमा अपेक्षित सुधार हुन बताए। 

प्रकाशित मिति: : 2020-02-11 04:56:49

प्रतिकृया दिनुहोस्