वार्नरले तेस्रो पटक जिते एलन बोर्डर मेडल अवार्ड

बिएल संवाददाता

काठमाडाै‌ं

अष्ट्रेलियन क्रिकेटर डेविड वार्नरले एलन बोर्डर मेडल अवार्ड जितेका छन्।

गत वर्षभर टेष्ट, एकदिवसीय र टी–२० क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा वार्नरले यो अवार्ड जितेका हुन्। उनले स्टिभ स्मिथ र प्याट कमिङलाई पछि पार्दै यो अवार्ड तेस्रो पटक जितेका हुन्।

यसअघि वार्नरले २०१६ र २०१७ मा पनि अवार्ड जितेका थिए। रिकी पोन्टिङ र माईकल क्लार्कले सर्वाधिक ४–४ पटक यो अवार्ड जितेका छन्।

यस्तै वार्नरले टी २० प्लेअर अफ दी इयर अवार्ड समेत जिते। टेष्ट प्लेअर अफ दि ईअरको अवार्ड मार्नुस लाबुसचेनले जिते। 

ओडीआई टिमका कप्तान आरोन फिन्चले ओडीआई प्लेअर अफ दि ईअरको अवार्ड जिते।

प्रकाशित मिति: : 2020-02-11 06:04:52

प्रतिकृया दिनुहोस्