बंग्लादेशलाई युथ–१९ विश्व कप जिताउँदा दिदी मरेको शोकमा थिए कप्तान अली

बंग्लादेशलाई युथ–१९ विश्व कपको ऐतिहासिक उपाधि दिलाउने कप्तान अकबर अलीको विषयमा एउटा नमिठो समाचार बाहिर आएको छ। दक्षिण अफ्रिकाविरूद्ध फाइनल खेल हुँदा कप्तान अली आफ्नो दिदीको निधनको शोक मनाइरहेका थिए। 

अलीले कप्तानी इनिङ खेलेपछि बंग्लादेशले युथ–१९ को ऐतिहासिक उपाधि पहिलो पल्ट जितेको थियो। १८ वर्षीय अलीको दिदीले २२ जनवरीमा जुम्लिया बच्चालाई जन्म दिने क्रममा ज्यान गुमाएकी थिइन। 

बंगलादेशको प्रमुख पत्रिका ‘प्रथम आलो’ को रिपोर्टअनुसार खदिजा खातुनको निधनको विषयमा सुरुमा कप्तान अलीलाई जानकारी उपलब्ध गराइएको थिएन। पछि उनले आफ्नो भाईबाट यसको जानकारी पाएका थिए। 

अलीका बुवाले भने, ‘अली आफ्नो दिदीसँग निकै नजिक थियो। छोरीले अलीलाई निकै माया गर्थिन। हामीले पहिले उसलाई केही नबताउने निर्णय गरेका थियौं। पाकिस्तानविरूद्धको खेल पछि उसले फोन गर्यो र भाईसँग दिदीको विषयमा सोध्यो। उसँग कुरा गर्ने हिम्मत मसँग थिएन।’
 

प्रकाशित मिति: : 2020-02-11 09:36:38

प्रतिकृया दिनुहोस्