खेलाडीको बर्गीकरण गर्दै क्यान, सेवा सुविधा बढ्ने

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीको बर्गीकरण गरेर सेवा सुविधा प्रदान गर्ने भएको छ। अमेरिका र ओमानसँगको सिरिजपछि खेलाडीको श्रेणी बनाएर तलब बढाउने गृहकार्य थालेको क्रिकेट संघ क्यानले बताएको छ।

सामोबार बसेको क्यान कार्यसमिति बैठकले नियर राष्ट्रिय टोलीका पुरुषतर्फ २४ खेलाडीलाई ‘ए प्लस’, ‘ए’, ‘बी’ र ‘सी’ गरी चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको छ। राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई चार समूहमा वर्गीकरण गरी ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा राख्ने तयारी क्यानको छ।

महिलातर्फ १८ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन समूहमा वर्गीकरण गरिने छ। क्यानले खेलाडीको विषयमा प्रस्तावना तयार गर्न कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा केन्द्रीय सदस्य अमितवीर पाण्डे र दुर्गाराज पाठक रहेको समिति गठन पनि गरेको छ।

यसअघि नेपाली खेलाडीले तीन श्रेणी अनुसार तलब पाउदै आएका थिए। ‘ए’ श्रेणीका खेलाडीले ३५ हजार, ‘बी’ ले २५ हजार र ‘सी’ ले १५ हजार मासिक तलब पाउने गरेका छन्।

क्यान बैठकले सन् २०२० जनवरी देखिनै लागु हुनेगरी राष्ट्रिय पुरुष टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा खेडालीलाई प्रत्येक खेलको पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय पनि गरेको छ। 

याे पनि

बढ्ने भयाे राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब

प्रकाशित मिति: : 2020-02-11 10:27:13

प्रतिकृया दिनुहोस्