बढ्ने भयाे राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब बढ्ने भएको छ।

अमेरिका र ओमानसँगको सिरिजपछि खेलाडीको श्रेणी बनाएर तलब बढाउने गृहकार्य थालेको क्रिकेट संघ क्यान स्रोतले बताएको छ। गएको महिना बसेको क्यानको बैठकमा समेत खेलाडीको नयाँ श्रेणी बनाउँदै तलबमा वृद्धि गर्ने बिषयमा छलफल भएको थियो।

यसअघि नेपाली खेलाडीले तीन श्रेणी अनुसार तलब पाउदै आएका थिए। 'ए' श्रेणीका खेलाडीले ३५ हजार, 'बी' ले २५ हजार र 'सी' ले १५ हजार मासिक तलब पाउने गरेका छन्।

खेलाडीको तलबमा कति वृद्धि गर्ने भन्ने विषयमा अर्को बैठकको छलफलबाट टुंगो लाग्ने क्यानले जनाएको छ।

यस्तै महिला क्रिकेटरको तलबको बिषयमा समेत क्यानले केहि निर्णय गर्ने बताईएको छ। हालसम्म महिला क्रिकेटरले कुनै तलब र सुबिधा पाउने गरेका छैनन्।

 

प्रकाशित मिति: : 2020-01-22 10:18:33

प्रतिकृया दिनुहोस्