विश्वकप लिग–२: ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा मङ्गलबार ओमान र अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ।

ओमान र अमेरिका यो सिरिजमा दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। किर्तिपुरको त्रिवि मैदानमा हुने खेल बिहान साढे नौ बजेपछि सुरु हुनेछ।

यसअघिको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो।

ओमान लगातार चौथो जीत हात पार्दै सिरिज टुङ्ग्याउने लक्ष्यमा छ। ओमानले नेपाललाई पहिलो खेलमा १८ रन र दोस्रो खेलमा आठ विकेटले पराजित गरेको थियो।

नौ खेलबाट १४ अङ्क जोडेको ओमान तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानमा झरेको अमेरिकाको दश खेलबाट १२ अङ्क छ। अमेरिका भने यो सिरिजमा जीतविहिन छ। अघिल्लो खेलमा अमेरिका नेपालसँग ३५ रनले हारेको थियो।

त्यसैले यो खेल अमेरिकी टिमका लागि लयमा फर्कने अर्को एउटा मौका हो। ओमानको भने नेपालमा सिरिजको यो अन्तिम खेल हो। 

प्रकाशित मिति: : 2020-02-11 20:50:41

प्रतिकृया दिनुहोस्