दिल्ली विधान सभाः मतगणना जारी, आम आदमी पार्टी अगाडि

बिएल संवाददाता

नयाँदिल्ली

शनिबार भएको दिल्ली विधानसभा चुनावको मतगणना आजबाट सुरू भएको छ। दिल्ली विधानसभामा ७० सिटका लागि दलहरूबीच प्रतिष्पर्धा छ।

बिहानबाट सुरू भएको मतगणनाको प्रारम्भिक नतिजाहरूले अरविन्द केजरीवाल नेतृत्वको सत्तासिन आम आदमी पार्टीलाई अगाडि देखाएको छ।

मतगणना चलिरहँदा आम आदमी पार्टी ५७ सिटमा अगाडि देखिएको छ। मतसर्वेक्षणहरुमा ६६ सिटमा आम आदमी पार्टी विजयी हुने देखाएको थियो।

यसैगरी आम आदमी पार्टीको निकट प्रतिष्पर्धी मानिएको भारतीय जनता पार्टी (भाजपा) १३ सिटमा अगाडि देखिएको छ।

 गत निर्वाचनमा आम आदमी पार्टीले ६७ सिट जितेको थियो। त्यसैगरी बिजेपी ३ सिटमा विजयी भएको थियो।

आज साँझ अबेरसम्म सबै नतिजा आउने अनुमान गरिएको छ।

प्रकाशित मिति: : 2020-02-12 00:48:57

प्रतिकृया दिनुहोस्