रहेनन् पाकिस्तानका लागि पहिलो टेस्ट खेल्ने वकार

बिएल संवाददाता

काठमाडाै‌ं

पाकिस्तानका लागि पहिलो टेस्ट खेल्ने टिमका एकमात्र जीवित सदस्य वकार हसनको निधन भएको छ। उनको ८७ वर्षको उमेरमा सोमबार निधन भएको हो। 

१२ सेप्टेम्बर, १९३२ मा अमृतसरमा जन्मिएका वकारले १९५२ मा पाकिस्तानको पहिलो टेस्ट टिमको सदस्यका रुपमा भारतको भ्रमण गरेका थिए। सो टिमले नयाँ दिल्लीमा अक्टोबर १९५२ मा पहिलो टेस्ट खेलेका थिए।

सो सिरिजमा वकारले दिल्ली टेस्टमा ८ र ५, लखनउ टेस्टमा २३, मुम्बई टेस्टमा ८१ तथा ६५, चेन्नई टेस्टमा ४९ र कोलकाता टेस्टमा २९ तथा ९७ रनको पारी खेलेका थिए।

वकार सन् १९५४ मा ओभल मैदानमा इंग्ल्यान्डलाई २४ रनले हराएर ऐतिहासिक जीत हात पारेको थियो। वकारले पाकिस्तानका लागि कुल २१ टेस्ट खेलेर १ हजार ७१ रन बनाएका छन्। सन् १९५९ उनले क्रिकेटबाट बिदा लिएका थिए।

उनले टेस्टमा १ मात्र शतक प्रहार गरेका थिए। उनले न्युजिल्यान्डकाविरुद्ध सन् १९५५ मा लाहोरमा १८९ रन हानेका हुन्। यो पारी त्यसबेला विश्व रेकर्ड बनेको थियो। तर त्यसको भोलिपल्टै इम्तियाज अहमदले २०८ रन बनाएर यो रेकर्ड तोडिदिएका थिए।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष अहसान मनीले वकारको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनी १९८२–८३ मा पीसीबीको नेशनल सेलेक्सन कमिटिको अध्यक्ष बनेका थिए।

प्रकाशित मिति: : 2020-02-12 05:08:39

प्रतिकृया दिनुहोस्