सन्दीपले ६ विकेट लिएपछि अमेरिका ३५ रनमै अलआउट, नेपाललाई ३६ रनको लक्ष्य 

आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।

टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे अमेरिका १२ औं ओभरमा सबै विकेट गुमाएर ३५ रनमै समेटियाे। ३६ रनको लक्ष्य पाएको नेपाले केही बेरमा ब्याटिङ गर्दैछ।

अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशान भारीले उत्कृष्ट बलिङ साझेदारी गरे। जसमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिए भने सुशानले ३ ओभर बलिङ गर्दै १ मेडजन ओभरसहित ५ रन खर्चेर ४ विकेट लिए।

अमेरिकाका लागि जेभिएर मार्सलले १६ रन बनाए भने अन्यले दोहोरो अंक जोड्न सकेनन्।

सन्दीपले पहिलो विकेट छैठौं ओभरको पहिलो बलमा जेभिएर मार्शलको लिएका थिए। उनले २२ बलमा २ चौका सहित १६ रन बनाएर खेलिरहँदा पारसको हातबाट क्याच आउट गराए। 

यस्तै ७ औं ओभरको दोस्रो बलमा पारस खड्काको हातबाट मोनाङक पटेललाई क्याच आउट गराएका थिए। पटेलले आउट हुनुपूर्व ११ बलमा ४ रन बनाए।

उनै सन्दीपले ७ औं ओभरको अन्तिम बलमा निसराग पटेललाई बोल्ड गराएका थिए। पटेल पनि २ रनमै समेटिए।  यस्तै १० औं ओभरको अन्तिम बलमा तिमिल पटेललाई सन्दीपले नै १ रनमा बोल्ड गराएका थिए। यता सन्दीपले ११ औं ओभरमा थप दुई विकेट लिए। उनले तेस्रो बलमा अक्षय होमराजलाई तेस्रो बलमा व्यक्तिगत ४ रनमा पारसबाट क्याच आउट गराएका थिए भने अन्तिम बलमा नोस्थुश केन्जिगेलाई शून्य रनमै बोल्ड गराएका थिए।

उनले पहिलो विकेट छैठौं ओभरको पहिलो बलमा जेभिएर मार्शलको लिएका थिए। उनले २२ बलमा २ चौका सहित १६ रन बनाएर खेलिरहँदा पारसको हातबाट क्याच आउट गराए। यस्तै ८ औं र १० औं ओभरमा थप तीन विकेट लिए। 

उनले ८ औं ओभरको तेस्रो बलमा आरोन जोन्सलाई ४ रनमा बोल्ड गरे। यस्तै १० ओभरको पहिलो बलमा क्यामरोन स्टेभेन्सनलाई १ रनमा बोल्ड गराए। भने सोही ओभरको अन्तिम बलमा रस्टी थेरनलाई शून्य रनमा बोल्ड गराए।

यो एकदिवसिय क्रिकेटको इतिहासमै सबैभन्दा सानो लक्ष्य हो। यसअघि सन् २००४ मा श्रीलंकाविरुद्ध जिम्मबाबेले १८.४ ओभर खेल्दै ३५ रनको लक्ष्य दिएको थियो।

नेपालविरुद्ध अमेरिकाले बनाएको यो खेलसँगै विश्व कीर्तिमनी बनेको छ। नेपालले अमेरिकालाई १२ ओभरमा अल आउट गर्दा यो कीर्तिमान पहिलो बनेको छ।

यसअघि जिम्बाबेले ३५ रन बनाउँदा सबै विकेट गुमाए पनि उसले धेरै ओभर खेलेको थियो।

 

प्रकाशित मिति: : 2020-02-12 23:09:44

प्रतिकृया दिनुहोस्