प्रेममा ‘यौन’ अपरिहार्य छैनः नवअभिनेत्री रुविना

फिल्म ‘लभ डायरीज’ यही फागुन २ गते अर्थात् ‘भ्यालेनटाइन डे’ बाट प्रदर्शनको तयारीमा छ। फिल्ममार्फत् नव-नायिकाको रूपमा रुविना थापा रजतपटमा पाइला राख्दै छिन्।

‘प्रेमिल’हरूका लागि फिल्म भनिएको ‘लभ डायरीज’बाट आफ्नो अभिनय यात्रा स्थापित हुनेमा आशावादी छिन् रुविना।

कन्सलटेन्सीमा काम गरिरहेकी उनी अबको यात्रा अभिनय र कला क्षेत्रमा खर्चने ध्याउन्नमा छिन्। यद्यपि, अबको यात्राको मागदर्शक भने ‘लभ डायरीज’ नै भएको उनको भनाइ छ।

फिल्ममा रुविनको स्क्रिन पार्टनरमा छन् सुशील श्रेष्ठ। फिल्म ‘होस्टेल रिट्रन्स’बाट चर्चामा आएका सुशीलसँगको ‘लभ क्यामेस्ट्री’को आधारले रुविनाको भविष्य तय गर्ने देखिन्छ। उनै नव-नायका रुविनासँग गरिएको ‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’ विशेष कुराकानीः

प्रकाशित मिति: : 2020-02-14 22:01:39

प्रतिकृया दिनुहोस्