प्रणय दिवस अर्थात 'भ्यालेनटाइन डे' कसरी मनाउने?

सुनिल मणि दाहाल

वासिङ्टन डिसी

गीतको सौखिन भएर नै होला ब्यस्त जीवनमा मेरा लागि गीत संगीत एक मेडिटेसन नै भएको छ। फुर्सत पाउनासाथ गीत सुन्ने, गुन गुनाउने बानीले होला एक्लै बस्दा शून्य लागेर आउँछ। जब एक्लो हुन्छु तब गीत सुन्ने बानी नै बस्यो।

मेरो सारा जीवन सबै तिमीलाई

मिठा-मिठा क्षणहरू सबै तिमीलाई

मेरो खुसी मेरो सुख सबै तिमीलाई

यति चोखो यति मिठो दिउँला तिमीलाई माया

बिर्सने छ्न साराले पुराना प्रेमका कथा…

श्वरसम्राट नारायण गोपालको जादुमय श्वरको यो लोकप्रिय रोमान्टिक गीतले मेरो मनलाई नजिकै आउँदै गरेको भेलाईन्टाइन डे तर्फ डोहोर्‍यायो। एकछिन झोक्राए र सम्झिए ‘भ्यालेन्टाइन डे’ लाई। फ्रेबुअरीको १४ तारिख। संसारका प्रेमी–प्रेमिका, प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि एउटा विशेष उत्सवको दिन। आफूले माया गरेको, मन पराएको वा चाहेको मान्छेलाई आफ्नो भावना अभिव्यक्त गर्ने दिन। अर्थात प्रणय दिवस। भ्यालेन्टाइन डे।

प्रेम आफैंमा एउटा रङ्गीन अनुभूति हो। कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ। त्यसमाथि युवा मन, प्रणय चिन्तनले तरङ्गीत बनाउने नै भयो। प्रणय दिवसले प्रत्येक वर्ष संसारका हरेक युवा युवतीको मनमा यस्तै तरङ्ग सृजना गर्छ। मनमा उत्पन्न भएको तरङ्गलाई आफ्नो मनले खाएकोलाई अभिव्यक्त गर्ने दिन नै हो प्रणय दिवस अर्थात भ्यालेनटाइन डे! यो दिनले धेरै मनबीचको पर्खाल भत्काउँछ।

सीमा रेखाहरु मेटाउँछ र दुईमुटुहरुलाई एकाकार गराउँछ । सुन्दर नयाँ संसारको सपना देखाउँछ ।

१४ फेब्रुअरीको दिनले दैनिक जिन्दगीमा कसैलाई तनाब त कसैलाई थप उत्साह सृजना गर्नसक्छ। किनकि त्यस दिन परिवार, साथी भाइ, आफन्त, प्रेमी/प्रेमिकाका साथ भेलाईन्टाईन डे कसरी मनाउने भन्ने कुराले सताउनसक्छ। आउनुस, यस दिवस लाई तनाब मुक्त पारौ यी टिप्सहरु जम्मा पारेर।

भ्यालेनटाइन डे मा के गर्ने?

आफ्नो मायालाई उत्साहका साथ प्रकट गर्नुहोस्। भ्यालेनटाइन डे एउटा विषेश दिन हो जुन दिन आफ्नो प्रेमलाई उत्साहका साथ प्रकट गरिन्छ। प्रेमी प्रेमिकाले आफ्नो प्रेमको सफलतामा खुशी प्रकट गर्दै भविस्यमा अझै गाढा माया बसोस् भनी कामना गर्ने पनि यही भेलाईन्टाईन डे हो।

त्यस्तै मायाको गोरेटोमा हिँड्दा ती विशेष दिनहरू, क्षणहरू तथा घटनाहरू जसले हँसायो, सायद रूवाएको पनि हुनसक्छ, ती प्रत्येक हाँसो र रूवाईहरू जसले आफ्नो मायाको डोरीलाई कस्न प्रोत्साहन गर्‍यो, त्यसलाई सम्झने दिन पनी भ्यालेनटाइन डे नै हो।

यस दिन पुराना फोटोहरु हेर्ने, ईमेल, टेक्सहरु पढने र बिगत लाई समझना गर्दै  आपसमा कुरा गर्नाले  यस दिनमा बिशेष मनोरन्जन प्राप्त गर्न सकिन्छ। आफ्नो प्रेमी  प्रेमिका बिच मात्र नभएर माया प्रेम गर्ने सबै आफन्तजनहरुका बिच यसरि नै स्मरण गरी तथा ब्यक्त गरी भेलाईन्टाईन डे मनाउन सकिन्छ। 

मितब्ययी बन्नुहो

अब कुरो पैसामा आयो। भेलाईन्टाईन डे  को आगमन सगै बजेटको कमीले तनाब हुन सक्छ। यसका लागी उपाय छ। भेलाईन्टाईन डे घर बाहिर होटल, पार्क, रेस्टुरेन्ट आदी मै मनाउनु पर्छ भन्ने छैन। यस दिन धुम धाम ले खर्च गरे मात्र प्रेममा सफल भइने पनि होईन। यसका लागी आफ्नै घरमा  रमाइलो का साथ मनाउन सकिन्छ।

आफ्नो मेहनत, जागर र भावनालाई तपाइको प्रेमी प्रेमिका वा साथी भाइले प्रसंसा गर्ने छन जब तपाईं आफ्नै हातले पकाएको खाना सर्भ गर्नु हुन्छ। यसै अवसरमा सक्नु हुन्छ भने आफ्नो साथीको लागी केहि बिषेश कबिता लेख्नुस। गीत गाउन सक्नु हुन्छ भने रोमान्टिक गीत गाएर सुनाउनुस्, वा उनले मन पराउने कुनै गीत संगीत गाएर हेर्नुस। त्यस्तै त्यस दिन सिनेमा हेर्ने भ्याईएन भने आफ्नो साथीले मन पराउने सिनेमा हेर्ने योजना बनाउनुस।

घरैमा गरिने यस्ता साना साना कार्यक्रमले तपाइको भेलाईन्टाइन डे ले बिशेष र अबिस्मरणीय दिन बनाउने छ। यस बाट घर परिवार्, साथी भाइ सबै प्रसंन्न हुने छन भने अर्को तर्फ मितब्यही हुने बानीको बिकास हुनेछ।

  एक आपसमा पुरा दिन बिताउनुहो

एक आपसमा समय बिताउने जस्तो रोमान्टिक र भावनात्मक अन्य कुराले हुँदैन। आपसमा समय बिताउनुको मतलब रेस्टुरेन्टमा गएर खाना खाने वा केही घन्टा मात्र समय बिताउने भन्ने होइन। कार्यालयको काममा वा ब्यापारिक काममा प्रायः सबै ब्यस्त नै हुन्छन्।

अलिक अगाडिदेखि नै पुरा समय बिताउन त्यो दिनका लागि बिदाको निवेदन दिएर ढुक्क हुनुपर्छ।  यसबाट तपाईँ लाई आफ्नो साथी भाइ, प्रेमी प्रेमिकासँग समय बिताउन पूर्ण दिन समय हुनेछ। त्यस एक दिनका लागी बिषेश दिनका रुपमा लिदै कार्यालय, ब्यापार आदिलाई विर्सदै विषेश दिन बनाउन प्रयत्न गर्नुहोस्।

एक आपसमा अंकमाल गरेर, रमाईलो कुरा गरेर, आफ्नो भावी कार्यक्रम र उद्धेश्यका बारेमा कुरा गरेर समयको सदुपयोग गर्नुहोस्। यदि तपाईँ कुनै कारणवश उपस्थित हुन सक्नुहुन्न भने फोन गरेर, ईमेल गरेर वा टेक्स गरेर तथा उपहार पठाएर यस दिनलाई विषेश दिन बनाउनुहोस्।

साथीसँग अनावश्यक अपेक्षा नगर्ने

भेलाईन्टाईन डे का दिन प्रायः सबैले आफ्नो मिल्ने साथीसँग रमाईलो गर्ने भन्ने अपेक्षा राखेका हुन्छन्, तर आफ्नो यस अपेक्षालाई एउटा सीमा भित्र राख्नुपर्छ। साथीको पारिवारिक अवस्थाका बारेमा जानकार हुनु त्यत्तिकै महत्वपूर्ण छ।

भेलाईन्टाईन डे का दिन प्रायः जोडी बाँधिएर घुम्न जाने, मिठो मिठो खाने पिउने, मनोरन्जन गर्ने गर्छन्। यसै प्रसंगमा यो पनि सम्भव छ कि आफ्नो महिला साथीका श्रीमानले भेलाईन्टाईन डे का दिन आफ्नो पत्नीलाई घुम्न जाने योजना बनाएको हुनसक्छ। त्यस्तै, पुरूष साथीको प्रेमिकाले भेलेन्टाईन डे मनाउन आफ्नो प्रेमीका साथ कुनै रेस्टुरेन्टमा जाने योजना बनाएको पो छ कि?

यस अवस्थामा साथीको अपेक्षा राख्नु गलत हुनेछ। त्यसैले, आफ्नो नजिकको नाता वा सम्बन्ध हुँदा हुँदै साथीसँग भेलाईन्टाइन डे मनाउन कसैको पनि प्राथमिकता भित्र पर्दैन। अत: जुन साथीहरुले आफूसँग भेलाईन्टाइन डे मनाउँछन् त्यसैमा आफु खुशी हुनुपर्छ र साथीले दर्साएको माया र सदभावको प्रसंसा गर्नुपर्छ।

अरको नक्कल नगर्ने

भेलाईइन्टाइन डे मा रातो गुलाफको फूल र चकलेट नै उपहार दिनुपर्छ भन्ने एउटा ट्रेन्ड नै चलेको छ। तर, यो सही होइन। किनकि यो त लहर र लहडले सबैले गर्दै आएका छन्। त्यस्तै, तपाईँका अन्य साथी भाइको देखा सिखीमा उनीहरूले जस्तै गरी मनाउनुपर्छ भन्ने पनि छैन।  

यदी तपाईँ केही नयाँ पन देखाउन चाहानुहुन्छ वा विषेश गर्न चाहानुहुन्छ भने आफ्नो साथीलाई कुनै नौलो सोच बनाउनुस् जसबाट तपाईँको साथीले हर्षका आँसु पोख्न सकुन्।

तना नलिने

भेलाईइन्टाईन डे जति नजिक आउँछ त्यतिनै यस दिनको प्रचार प्रसार ब्यापक हुँदै जान्छ। गुलाबी र रातो मुटुको आकार (लभ) का सामाग्रीहरू, चकलेट, रातो गुलाफको फूल लगायत टिभी, पत्र पत्रिका र सामाजिक सन्जाल जताततै देख्न पाईन्छ। 

भेलाईन्टाईन डेलाई प्रेमी प्रेमीकाले मात्र मनाउने हो भन्ने बुझाई गलत हो। यदि तपाईँ सँग प्रेमी वा प्रेमिका छैन भने पनि यस दिनलाई मनाउन सक्नुहुन्छ। यो भेलाईइन्टाइन डे महँगो दिवस भयो भन्ने तपाई लाई लाग्छ भने यस दिन लाई अरु ले झै तडक भडकका साथ मनाउनुपर्छ भन्ने छैन।

आफ्ना साथी भाइ, परिवारसँग बसेर समय बिताउने, अतितका कुरा गर्ने, भविश्यको योजनाका कुरा गर्ने आदि जस्ता रचनात्मक सोच विचारमा समय बिताउनसक्नु हुन्छ।  तपाईँ लाई यस दिन भ्याई नभ्याई छ, फुर्सत पाउन सक्नुभएन भने पनि केही फरक पर्दैन, वर्षको पुरा ३६५ दिन नै तपाईँ लाई प्राप्त छ। आफूलाई जुन दिन अनुकुल मिल्छ त्यही दिन साथीभाइ, आफन्त वा प्रेमीप्रेमिका बिच माया साटासाट गर्न सक्नुहुन्छ।

अब प्रसंग भ्यालाईन्टाईन विक वा प्रणय सप्ताहाको

१४ फेब्रुअरी लागि धेरै मान्छेहरू विशेष गरी युवा युवतीहरू प्रतिक्षारत भएको पाईन्छ। वर्ष दिनको सवै भन्दा रोमान्टिक दिनका रूपमा मानिने 'भेलाईन्टाईन डे' का लागि मान्छेहरू माया र प्रेम बाड्न आतुर हुन्छन् र आ-आफ्नै तरिकाले तयारीमा लागेको पाईन्छ। आफ्नो दक्ष अनुशार फूल, कार्ड, चकलेट, उपहार, किनमेल धेरै कुराको व्यवस्थापनमा मान्छेहरू व्यस्त भएको देखिन्छ।

मान्छेहरू पुरा हप्ता नै 'भेलाईन्टाईन विक' का रूपमा सेलिव्रेट गर्छन्। फेब्रअरी ७ देखि १४ सम्म प्रत्येक दिन कुनै न कुनै रूपमा मनाउँछन्। फेब्रुअरी ७ मा गुलाफ दिन (रोज डे), फेरवरी ८ मा प्रस्ताव दिन (प्रपोज डे), फेरवरी ९ मा चकलेट दिन, फेरवरी १० मा टेडी डे, फेरवरी ११ मा वाचा दिन ( प्रमिस डे), फेरवरी १२ मा अंकमाल दिन (हग हे), फेब्रुअरी १३ मा चुम्बन दिन (किस डे) र फेरवरी १४ मुख्य दिन जसलाई धेरै युवा युवतीहरू प्रतिक्षारत छन्। यस दिनलाई प्रेम/प्रणय दिन (भ्यालाईन्टाईन डे) भनेर चिनिन्छ।                                        

प्रकाशित मिति: : 2020-02-15 11:00:40

प्रतिकृया दिनुहोस्