कोरोनाले निम्त्याएको यात्रा : वुहानदेखि खरिपाटीसम्म

अनलाइनखबर

काठमाडौं

क्रोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिममा परेका नेपालीहरुलाई चीनको वुहान शहरबाट उद्धार गरेर नेपाल ल्याइएको छ । १३४ पुरुष र ४१ महिलालाई नेपाल एयरलाइन्सको विमानमार्फत् नेपाल ल्याइएको हो ।

नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान करिब साढे तीन बजेतिर काठमाडौंमा अवतरण गरेको थियो ।

बेइजिङस्थित नेपाली दूतावासले दिएको जानकारीअनुसार वुहानबाट ५५ जना, जिङ्गचोउबाट ४८ जना, इन्सीबाट २६ जना, सियानबाट २९ जना, जिङ्गमेनबाट ९ जना र यिचाङबाट ८ जना नेपाल आएका छन् । उद्धार गरिएकाहरुमा १७० जना विद्यार्थी, दुई जना पर्यटक, दुई बच्चा र १ जना कामदार छन् ।

 
प्रकाशित मिति: : 2020-02-16 23:13:01

प्रतिकृया दिनुहोस्