केजरीवाल बने तेस्रोपटक दिल्लीको मुख्यमन्त्री

बिएल संवाददाता

नयाँदिल्ली

अरविन्द केजरीवाल तेस्रोपटक भारतको राजधानी रहेको राज्य दिल्लीको मुख्यमन्त्री बनेका छन्। आम आदमी पार्टीका संयोजक केजरीवालले आइतबार दिल्लीको रामलिला मैदानमा भएको विशेष समारोहमा मुख्यमन्त्रीको शपथ ग्रहण गरेका हुन्। 

केजरीवाललाई दिल्लीका उपराज्यपाल अनिल बैजलले पद र गोपनियताको शपथ खुवाएको हुन्। केजरीवालपछि मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र राजेन्द्र गौतमले मन्त्री पदको शपथ लिएका छन्।

उनले शपथ ग्रहण कार्यक्रमको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएका थिए। तर उनी अन्य कार्यक्रममा व्यस्त भएको कारण उपस्थित नभएको केजरीवालले बताए।

गत शनिबार आमआदमी पार्टीले विधानसभाको चुनावमा ७० मध्ये ६२ सिट आफ्नो नाममा गरेको थियो। सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले आठ सिट मात्रै जितेको थियो। आमआदमी पार्टीले दिल्लीमा तेस्रो पटक सरकार बनाएको हो। 

सन् २०१५ मा ७० मध्ये ६७ सिट ल्याएर दिल्लीमा केजरीवालले सरकार बनाएका थिए। त्यसअघि सन् २०१३ मा भएको चुनावबाट मुख्यमन्त्री बनेका केजरीवालले ४९ दिन पछि नै राजीनामा दिएका थिए। तर त्यहाँका नागरिकले फेरि पनि उनैलाई जिताएका थिए।

प्रकाशित मिति: : 2020-02-17 03:16:30

प्रतिकृया दिनुहोस्