महराविरुद्धको मुद्दा फैसला आज, पुन: जालान त जेल ?

पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्यवहारसम्बन्धी मुद्दाको फैसला आज सोमबार हुने भएको छ।

काठमाडौं जिल्ला अदालतमा मुद्दाको सुनुवाइ हिजै सकिए पनि हेर्दाहेर्दैमा राखिएकाले फैसला आज मात्रै हुने श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। 

आइतबार महराको मुद्दा न्यायाधीश अमरराज पौडेलको इजलासमा सुनुवाइ भएको थियो।

महराको पक्षमा ३७ जना बरिष्ठ अधिवक्ताले वकालत गरेका थिए। महराको पक्षबाट भिमार्जुन आचार्य, शेरवहादुर केसी, पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ लगायतका चर्चित अधिवक्ताले समेत बहस गरेका छन्। यदि उनी दोषी ठहरिए जेल सजाय तोकिने छ।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ। महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो।

यसपछि ३ पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले ५ मंसिरमा सदर गरेको थियो। तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो।
 

प्रकाशित मिति: : 2020-02-17 21:11:01

प्रतिकृया दिनुहोस्