पाँच वर्षपछि सीतारामले ‘धुर्मुस कट्टु’ लगाउँदा…

मेरी बास्सैमा धुर्मुस–सुन्तलीको ‘नोस्टाल्जिया’

अनलाइनखबर

काठमाडौं

५ फागुन, काठमाडौं । कुनै समय चर्चाको शिखरमा थियो हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ । नेपाल टेलिभिजनबाट प्रशारण हुने टेलिश्रृंखलाले गाउँदेखि शहरसम्मका दर्शकको मन जितेको थियो ।

मेरी बास्सै’ अगाडि ‘तीतो सत्य’ र ‘जिरे खुर्सानी’ कमेडी खुराक पस्किरहेका थिए । यी दुवै सिरियलले शहरिया जनजीवनको कथा भन्थे । तर, ‘मेरी बास्सै’ले टिपिकल ग्रामीण परिवेशलाई हास्यकथामा उनेपछि दर्शकले नयाँ टेस्ट पाए ।

फलतः दीपकराज गिरीको ‘तितो सत्य’ र शिवहरि पौडेल–जितु नेपालको ‘जिरे खुर्सानीलाई उछिन्दै टेलिभिजन रेटिङमा ‘मेरी बास्सै’ अगाडि आयो ।

हुन त सुरुवाती पाँच एपिसोडमा ‘मेरी बास्सै’ पनि शहरी कथामा नै बनाइएको थियो । त्यसमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले काका र भतिजीको भूमिकामा अभिनय गरेका थिए । तर, यो त्यति जमेन । सिरियलले खासै दर्शक लोभ्याउन नसकेपछि निर्देशक दमन रुपाखेती, केदार घिमिरे (माग्ने बुढा) र सीतारामको त्रिपक्षीय गोलमेच बैठक बस्यो । वैठकले निस्कर्ष निकाल्यो, अब शहर छोडेर गाउँतिर लाग्ने ।

प्रकाशित मिति: : 2020-02-17 23:07:02

प्रतिकृया दिनुहोस्