मलेसियाको आफ्नै दाउ : शून्य लागत समझदारी गर्ने,कामदारबाट अर्बौं असुल्ने

नयाँ मेडिकल थप गर्नसमेत आलटाल

गत वर्षको कात्तिक १२ गते शून्य लागतमा कामदार मलेसिया जान पाउने गरी नेपाल-मलेसियाबीच शून्य लागतको श्रम समझदारी भयो। समझदारीका १६ महिना बितिसक्दा पनि कार्यान्वयन गर्न भने मलेसिया सरकार पछि हटेको छ। समझदारीपछि  पनि नेपाली श्रमिकहरुको आर्थिक तथा श्रम शोषण भइरहेको छ। 

कामदारमाथि अत्याधिक आर्थिक भार परेको भन्दै  तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २०७५ जेठ २ गते मलेसिया रोजगारी बन्द गरेका थिए। 

मलेसियाली बायोमेडिकल प्रणाली खारेज गरी बायोमेडिकलमा भएको सिण्डिकेट तोडेरमात्रै कामदारलाई शून्य लागतमा पठाउने उनको अडानपछि मलेसिया १५ महिना ठप्प भएको थियो। 

तर १५ महिना बन्द भएर खुलेपछि पनि न त भेण्डर कम्पनी खारेज भयो न कामदारको आर्थिक भार हट्यो। समझदारीपछि झन् कामदारमाथि आर्थिक भार थपिएको छ भने मलेसिया पुगेका श्रमिकहरु उस्तै पुरानै समस्याबीच काम गर्न बाध्य रहेको गुनासो गरिरहेका छन्। 

प्रकाशित मिति: : 2020-02-17 23:27:52

प्रतिकृया दिनुहोस्