डु प्लेसिसले त्यागे कप्तानी

बिएल संवाददाता

काठमाडाै‌ं

फाप डु प्लेसिसले दक्षिण अफ्रिकी क्रिकेट टिमका कप्तानबाट राजीनामा दिएका छन्।

प्लेसिसले टेष्ट र टी–२० टिमबाट तत्कालका लागि लागु हुनेगरी राजीनामा दिएको क्रिकेट साउथ अफ्रिकाले जनाएको छ। ३५ वर्षीय फाप डु प्लेसिसले इंग्लयाण्ड विरुद्धको टी–२० सिरिज गुमाए लगत्तै राजीनामा दिएका हुन्। तर डु प्लेसिसले इंग्लयाण्डविरुद्ध सिरिज भने खेलेका थिएनन्।

सन् २०१७ मा ए बी डे भिलियर्सले कप्तानबाट राजीनामा दिएपछि फाप ड प्लेसिस दक्षिण अफ्रिकाको कप्तान बेनका थिए। 

पछिल्लो समय डु प्लेसिस पूर्ण फिट नहुँदा ओडीआई टिमको कप्तानी क्वेन्टन डि ककले सम्हालेका थिए। यस्तै टी–२० सिरिजमा पनि डे कक नै कप्तान थिए। तीन खेलको ओडीआई सिरिज १–१ को बराबरीमा सकिँदा तीन खेलकै टी–२० सिरिजमा दक्षिण अफ्रिका इंग्ल्याण्डसँग २–१ ले पराजित भएको थियो।

उनले पछिल्लो एक वर्ष आफ्नो कप्तानी पदकको सबैभन्दा धेरै चुनौतीपूर्ण समय रहेको बताएका छन्। यस्तै प्लेसिसले साउथ अफ्रिका क्रिकेट नयाँ ‘एरा’ मा प्रवेश गरेको भन्दै नयाँ लिडर नयाँ अनुहार र नयाँ चुनौती रहेको बताउदै खेलाडीको रुपमा आफ सधैँ टिममा रहने बताएका छन्।

प्रकाशित मिति: : 2020-02-18 05:06:03

प्रतिकृया दिनुहोस्