गायक नवराज घोरासैनीले झण्डै १० वर्षपछि आफूलाई ‘कमब्याक’ गरेका छन्। गायक घोरासैनीले ‘मिर्मिर कपालैमा’ बोलको गीतसहित आफूलाई नेपाली गीत सङ्गीतमा कम्ब्याक गराएका हुन्। आफ्नै शब्द, स्वर र सङ्गीतमा उनले ‘मिर्मिर कपालैमा’ ल्याएका हुन्।
‘मिर्मिर कपालैमा’ बोलको गीतमा घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिएकी छिन्। गीत अत्यन्तै गलितो बनेको घोरासैनीले बताए।
यसअघि घोरासैनीले ०५८ साल साउन महिनामा ‘घुम्तीनेर भेट भयो....’ बोलको गीत ल्याएका थिए। त्यसबेला यो गीत लोकप्रिय भएको थियो।
काँठे भाकाको ‘मिर्मिर कपालैमा’लाई घोरासैनीले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका छन्।
गीतको म्युजिक भिडियोको निर्देशन शिव विकले गरेका छन्। एसराज गराच र जेबिका कार्कीले भिडियोमा अभिनय गरेका छन्। गीतको रेकर्डिङ मारुनी डिजिटल्समा गरिएको छ।