इन्डोनेशियामा प्लास्टिक उठाउँदै ‘स्पाइडरम्यान’ !

बिएल संवाददाता

काठमाडाै‌ं

इन्डोनेशियामा अहिले स्पाइडरम्यानको चर्चा चलिरहेको छ। उक्त्त स्पाइडरम्यानको नाम रुडी आर्टोनो हो। जो सडक र समुन्द्र किनारमा फोहोर र प्लास्टिक उठाउने गर्छन्। 

चीनपछि इन्डोनेशिया प्लास्टिक प्रदूषण फैलाउने दोस्रो ठूलो देश हो। प्लास्टिक प्रदुषण कम गर्न रुडीले केही समयअघि सफाइ अभियान सुरु गरेका थिए। 

३६ वर्षीय रुडी आर्टोना एक क्याफेमा काम गर्छन्। उनी क्याफेको काम सकेर दैनिक राति ७ बजेदेखि सफाइ सुरु गर्ने गर्छन्। यसअघि मानिसहरु सरसफाइसँग कुनै किसिमको लगाव राख्दैनथे। अन्य मानिसलाई यस अभियानसँग जोड्न स्पाइडरम्यानको भेषमा सफाइ सुरु गरेको कारण राष्ट्रिय स्तरको चर्चा भएको उनी बताउँछन्। ‘सफाइ हरेक मानवको दायित्व हो,’ उनी भन्छन्,‘ मआफ्नै दायित्व सम्झेर यो अभियानमा लागी परेको छु। 

स्पाइडर म्यानको पहिरन भने उनले आफ्नो भतिजलाई खुशी बनाउन किनेको उनले बताए। तर उक्त पहिरन लगाएर राम्रो काममा प्रयोग गर्न पाउँदा उनी खुशी छन्। 

सन् २०१८ मा वातावरण तथा वन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, २५ करोडभन्दा बढी जनसंख्या रहेको देश इन्डोनेशियामा दिनहुँ २.७ टन फोहोर उत्पादन हुन्छ। 

सरकारले प्लास्टिकसहितको फोहोर व्यवस्थापन सुधार गर्न कडा नियम लागू गरेको छ। तर अहिलेपनि प्लास्टिकको प्रयोग कम हुन सकेको छैन।

प्रकाशित मिति: : 2020-02-20 03:41:14

प्रतिकृया दिनुहोस्