आमासँग निःशुल्क हेर्नुहोस् चलचित्र ‘आमा’

बिएल संवाददाता

काठमाडाै‌ं

भोली शुक्रबारदेखि चलचित्र ‘आमा’ रिलिज हुँदैछ। चलचित्र ‘आमा’को निर्माणपक्ष काठमाडौं केही चलचित्र घरमा आफ्नो आमासँग चलचित्र हेर्न पुग्दा निःशुल्क हेर्न पाउने व्यवस्था गरिएको छ।

काठमाडौंको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क चलचित्र हेर्न पाइने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए। 

हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुने उनले बताए।

दीपेन्द्र के खनाल निर्देशित यो चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ। शर्मिला पाण्डेले यो चलचित्रको निर्माण गरेकी हुन्।
 

प्रकाशित मिति: : 2020-02-21 01:48:33

प्रतिकृया दिनुहोस्