नेविसंघका कार्यकर्ताहरुले देखाए बाँस्कोटालाई कालो झण्डा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले संचारमन्त्री गोकुल बाँस्कोटालाई विमानस्थलमा कालो झण्डा देखाएका छन्।

सेक्युरिटी प्रेस खरिदबारे विदेशी कम्पनीका एजेन्टसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनको विरोध गर्दै नेविसंघका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।

कञ्चनपुरबाट राजधानी फर्कंदै गर्दा मन्त्री बाँस्कोटालाई विमानस्थलमा कालो झण्डा देखाएको नेविसंघका महामन्त्री दिपक भट्टराईले जानकारी दिए।

कालो झण्डा देखाउने क्रममा नेविसंघका केन्द्रीय सदस्य सुशील भट्ट, नेविसंघका नेता विष्णुहरी खड्का, निरन्जन थापा, सुवास घिमिरे र सुदीप अधिकारीलाई प्रहरीले पक्राउ गरेको  छ।
 

प्रकाशित मिति: : 2020-02-21 04:41:43

प्रतिकृया दिनुहोस्