उपचार नपाउँदा अपांग बालक खोरमा बन्धक

२, खोरभित्र थुनिएका अपांगता भएका बालक जगतबहादुर राउत। तस्बिर : किशोर बुढाथोकी

 छेउमा कोही पुग्दा मुस्कुराउँछन्, बोली आउँदैन। खुला ठाउँमा रमाउन खोज्छन्। पाउँदैनन्। १० वर्षीय जगतबहादुर राउतका लागि बाँसको भाटाले बनाइएको खोर नै संसार हो।

उनी दिनभर त्यहीं थुनिन्छन्। राति निदाएपछि ओछ्यानमा लगेर सुताइन्छ। उज्यालो नहुँदै खोरभित्र थुनिन्छन्। हजुरबा÷हजुरआमा उनलाई खोरमा थुनेर काममा लाग्छन्। फर्कंदा बालक कपडामा दिसापिसाब गरेर खेलाइरहेका हुन्छन्।

अपांगता भएका मोरङ बेलबारी–२ का जगत टुक्रुक्क बस्न सक्दैनन्। वरपर घस्रिएर मात्रै पुग्न सक्छन्। खाना अर्कैले खुवाइदिनुपर्छ। स्मरणशक्ति कमजोर छ। ७० वर्षीय हजुरबुवा दिलबहादुर राउतले नाति जन्मिएको ६ महिनापछि दाहिने आँखा बन्द भएको जानकारी दिए। जगतको दाहिने खुट्टा र देब्रे हात पनि चल्दैनन्।

प्रकाशित मिति: : 2020-02-21 21:13:14

प्रतिकृया दिनुहोस्