यसरी मनाइयाे टुँडिखेलमा सेना दिवस (फाेटाे फिचर)

नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा भव्यरुपमा सेना दिवस मनाएको छ।

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ।

भगवान् शिवका प्रतीकहरू अङ्कित लोगोले साङ्केतिक रूपमा सेनाको शक्तिलाई जनाउँछ। यसबाट नेपाली सेना देशका सबै प्रकारका राष्ट्रिय सङ्कटहरू निराकरण हुने विश्वास गरिँदै आएको छ ।

शिवरात्रि तथा सेना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो। 

सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरेकी थिइन्। 


 

प्रकाशित मिति: : 2020-02-22 04:09:08

प्रतिकृया दिनुहोस्