न्युजिल्याण्डलाई भारतविरुद्ध सामान्य अग्रता

बिएल संवाददाता

काठमाडाै‌ं

घरेलु टिम न्युजिल्याण्डले पहिलो टेष्टको पहिलो इनिङ्समा भारतविरुद्ध सामान्य अग्रता बनाएको छ।

विलिङटनमा शनिबार दोस्रो दिनको खेल सकिदा न्युजिल्याण्डले ५१ रनको अग्रता बनाएको हो। भारतलाई १ सय २२ रनमै अलआउट गर्दै पहिलो इनिङ्स थालेको न्युजिल्याण्डले दोस्रो दिनको खेल सकिदा ५ विकेट गुमाएर २ सय १६ रन बनाएको छ।

न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सन ८९ रन बनाए । उनले १५३ बलमा ११ चौका प्रहार गरेका थिए। यता रोस टेलरले ७१ ले ६ चौका र १ छक्का प्रहार गर्दै ४४ रन बनाए। यस्तै टम ब्लुनडेलले ३० रन बनाए। बिजे वाट्लिङ १४ रनमा अविजित रहदा कोलिन डी ग्राण्डहोमे ४ रन बनाएर अविजित छन् ।

भारतका लागि इशान्त शर्माले ३ विकेट लिए। यस्तै मोहमद शामी र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।

यसअघि विलिङटनमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिनको समाप्तिमा ५ विकेट गुमाएर १ सय २२ रन बनाएको थियाे। ५ विकेटको क्षतिमा १ सय २२ रनबाट दोस्रो दिनको खेल थालेको भारतका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । उसका लागि अजिका रहानेले ३८ रनमा अविजित खेले। मोहमद शामीले २१, ऋषब पन्तले १९ तथा पृथ्वी शव्र १६ रनमा आउट भए । यता चेतेश्वर पुजारा ११, हनुमा विहारी ७ र कप्तान विराट कोहली २ रनमा पेभेलियन फर्किए।

न्युजिल्याण्डका टिम साउथी र केली जेमिसनले ३/३ विकेट लिए।

प्रकाशित मिति: : 2020-02-23 05:36:37

प्रतिकृया दिनुहोस्