तस्करीको कारोवार गर्नेलाई बचाउन सक्दिन: मुख्यमन्त्री राउत

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले तस्करीको कारोवार गरेमा कसैले बचाउन नसक्ने बताएका छन्। नेपाल–भारत सिमा क्षेत्रका व्यापारीले राजस्व छलेर तस्करीको कारोवार गरेमा कसैले बचाउन नसक्ने उनले बताएका हुन्। 

पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वा बजारमा शनिबार स्थानिय व्यवसायिहरुले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भिस्वा नेपालको सिमाक्षेत्रको बजार रहेको हुँदा बीरगन्जबाट बिलसहित आएका सामानमा प्रहरीले पक्राउ गरि दुःख दिन नहुने बताए। 

यदि बिलसहित सामान आउँछ भने कसैले व्यापारीलाई द्ःख दिनु हुँदैन,’ उनले भने,‘ बिल भएको सामानलाई भने प्रहरीले नियन्त्रणमा लिएर झन्झट बोकाउने काम नगर्नु होला।’

कार्यक्रममा राजपाका वरिष्ठ उपाध्यक्ष एवं सांसद लक्ष्मण लाल कर्णले भन्सारमा चेकजाँच गरि छाडेको सामान प्रहरीले बीचबीचमा दुःख दिनु राम्रो विषय नभएको बताए। केही दिन अगाडी भिस्वा बजारका व्यवसायिहरुले बीरगन्जबाट ल्याएको सामान प्रहरीले पक्राउ गरि भन्सार बुझाएको भन्दै आन्दोलनमा उत्रिएका थिए। 

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंह लगायत भिस्वा प्रहरी, बंजारी प्रहरी चौकीका सुरक्षाकर्मीहरुको पनि सहभागीता रहेको थियो।
 

प्रकाशित मिति: : 2020-02-23 07:03:45

प्रतिकृया दिनुहोस्