एसिडपीडित चेलीलाई अनुहारको चिन्ता

चाँदनी हमाल

काठमाडौं

 एसिड हिंसामा परेका महिला न्याय पाउन भौँतारिरहेका छन् । एसिडले पोलिएको अनुहारका कारण पाउने लाञ्छनाबाट जोगिन छोपेर हिँड्न बाध्य छन् ।
चार वर्षअघि ट्युसन पढ्न जाँदै गर्दा सङ्गीता मगर र सीमा बस्नेतमाथि जीवन खड्काले एसिड प्रहार गरेका थिए । एसिडले अनुहार र शरीरका विभिन्न भाग जलेदेखि नै सङ्गीता पीडामै हुनुहुन्छ । एसिड आक्रमणपछि उहाँको पाँच पटक शल्यक्रिया भयो तर अझै दस पटक शल्यक्रिया गर्न बाँकी छ । उहाँले अझै सामान्य हुन सकिरहेकी छैन । पछिल्लो समय आँखामा समस्या देखिएको छ । आफूले जस्तै अरूले हिंसा खेप्न नपरोस् भन्ने चेतना जगाउन लड्दैछु भन्नुभयो ।
जुन बेला उहाँमाथि एसिड आक्रमण भयो त्यो बेला नेपालको कुनै पनि कानुनमा एसिडले आक्रमण गर्दा कस्तो न्याय दिने वा कस्तो कारबाही चलाउने भन्ने उल्लेख थिएन । त्यसैले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो । मुख्य कानुनी प्रावधानको अभाव रहे पनि अदालतले जीवनलाई हदैसम्मको काराबास सजाय सुनायो । पीडक कारागारमा छ, उहाँ भने सामाजिक न्याय खोज्दै हुनुहुन्छ । उतिबेला कानुनमा क्षतिपूर्ति र उपचारको कुनै व्यवस्था नहुँदा अहिलेसम्म कुनै राहत पाउनुभएको छैन ।
समाजमा पुनस्र्थापना हुन सङ्घर्ष चल्दै गर्दा शरीरको पीडाले बेलाबेला झस्काइरहन्छ । ऊ एसिड छ्यापिएकी सङ्गीता त्यही हो, हेर त कस्तो अनुहार बिग्रिएछ यस्तै भनाइ दिनहुँ सुन्नुपर्छ ।

प्रकाशित मिति: : 2020-02-23 21:38:54

प्रतिकृया दिनुहोस्