अमेरिकामा आयो- 'बर्नी लहर', जिते नेभादा : ट्रम्पले 'क्रेजी बर्नी' भन्दै दिए- बधाइ !

अमेरिकामा डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेद्वारीको दौडमा बर्नी स्याण्डर्सले आफ्ना प्रतिस्पर्धीहरूलाई निक्कै पछाडि छोडेका छन्। शनिबार भएको नेभादा ककसमा भारी मतले विजयी हुने संकेत देखिएपछि उनले सबैलाई उछिनेका हुन्।

जुवाको राजधानी लस भेगास रहेको नभादामा उनले ५० प्रतिशत प्रिसिङ्टमा ४६.६ प्रतिशत मत पाएर दोस्रो स्थानमा रहेका जो बाइडनलाई १९.२ प्रतिशतमा सीमित पारिदिएका छन्। तेस्रो स्थानमा मेयर पिट बटिजजको १५.४ प्रतिशत मत रहेको छ। त्यसपछि दुई महिला आकांक्षी एलिजावेथ वारेन १०.३ प्रतिशत र एमी क्लोबचर ४.५ प्रतिशत रहेका छन्। 

बर्नीलाई रोक्न मेयर पिट बटिजजले डेमोक्रेटिक पार्टीका मध्यमार्गी र दक्षिणपन्थी आकांक्षीलाई आफूलाई सघाउन आव्हान गरेका छन्। उनले सिधै भनेका छन्, 'बर्नीलाई हराउन मैले मात्र सक्छु ।' 

नेभादाका आठ काउन्टीमध्ये सातमा स्याण्डर्स अगाडि रहेका छन् भने एकमा मेयर बटिजज अगाडि छन् । 

नेभादाबाट बाइडेनले कमब्याक गरेका छन् भने एलिजावेथ र एमीलाई ठूलो धक्का लागेको छ। बटिजजले आशातित मतभन्दा धेरै पाएर नभादामा तेस्रो स्थान हासिल गरे। 

यो जीतसँगै बर्नीको पक्षमा लहर आउने संकेत देखिएको छ। यसको प्रभाव फेब्रुअरी २९ मा हुने साउथ क्यारोलाइना प्राइमरी र मार्च ३ मा हुने १४ राज्यको सुपर टुज्डेमा पर्यो  भने बर्नीलाई उम्मेद्वार बन्नबाट रोक्न सकिन्न।सुपर टुज्डेसम्ममा ३८ प्रतिशत डेलिगेट्सको निर्णय भैसकेको हुन्छ। डेमोक्रेटिक पार्टीको उम्मेद्वार हुन १९९१ डेलिगेट्स आवश्यक हुन्छ। 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'क्रेजी बर्नी' भन्दै यो जीतका लागि वधाइ दिएका छन्। उनले जो कोही उम्मेद्वार भए पनि आफूलाई केही फरक नपर्ने बताएका छन्। 

यसैबीच बर्नीलाई रोक्न मेयर पिट बटिजजले डेमोक्रेटिक पार्टीका मध्यमार्गी र दक्षिणपन्थी आकांक्षीलाई आफूलाई सघाउन आव्हान गरेका छन्। उनले सिधै भनेका छन्, 'बर्नीलाई हराउन मैले मात्र सक्छु ।'  उनले बर्नीले अमेरिकालाई थप ध्रुवीकरणमा लैजाने आरोप पनि लगाएका छन्। 

उता, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'क्रेजी बर्नी' भन्दै यो जीतका लागि वधाइ दिएका छन्। उनले जो कोही उम्मेद्वार भए पनि आफूलाई केही फरक नपर्ने बताएका छन्। 

प्रकाशित मिति: : 2020-02-24 14:53:35

प्रतिकृया दिनुहोस्