सोनिकाकाे जन्मदिनमा पारसले दिए ‘हिराको हार’

बिएल संवाददाता

काठमाडाै‌ं

केही समययता नजिक भएका पूर्वयुवराज पारस शाह र मोडल तथा भिजे सोनिका रोकायाको प्रेमसम्बन्ध रहेको चर्चा चल्ने गर्छ। उनीहरुको निकटता बढेसँगै धेरैले यो सम्बन्धको आलोचना पनि गर्ने गरेका छन्।  

तर, सोनिकाले भने पारससँग प्रेममा नभएको दाबी गर्दै आएकी छिन्। यही बीचमा पूर्वयुवराज पारसले सोनिकालाई हीराको हार उपहार दिएको विषय चर्चामा छ।

पूर्वयुवराजले सोनिकालाई उनको २५ औं जन्मदिनमा हीराको हार उपहार दिएका हुन्। उनले दिएको हारको मूल्य कति हो भन्ने अहिलेसम्म खुलासा भएको छैन।

सोनिकाले पोस्ट गरेको जन्मदिनको भिडियोमा उनले उपहारस्वरुप पाएको हार लगाउँदै गरेको देखिन्छ। तर, सोनिकाले भने उक्त हार हिराको हो या के को हो भन्ने बताउन चाहिनन्। सोनिकाले भनिन्, ‘सबै सेतो देखिने हिरा नहुन पनि सक्छ, पारस सरकारले आफ्नो लेभलअनुसार गिफ्ट गर्नुभयो।’

जन्मदिनको कार्यक्रममा पुगेका पूर्वयुवराज पारसले सोनिकालाई चुम्बन गरेका थिए। यस्तै सोनिकाले पनि पारसलाई चुम्बन गरेको सोनिका आफैले अपलोड गरेको भिडियोमा देखिन्छ।

भिडियोमा कमेन्ट गर्नेहरुले भने यो सम्बन्धको आलोचना गर्दै पारसलाई सम्झाएका छन्। उनीहरुले सोनिकालाई पारसबाट टाढै रहन सुझाव पनि दिएका छन्। पारस र सोनिकाले भने एक अर्कालाई नजिकको साथी भन्ने गरेका छन्।
 

प्रकाशित मिति: : 2020-02-25 06:27:45

प्रतिकृया दिनुहोस्