दिल्लीस्थित यमुना क्रसिंग क्षेत्रमा प्रदर्शनले हिंसात्मक रुप लियाे, एक हवल्दारले ज्यान गुमाए

भारतको दिल्लीस्थित यमुना क्रसिंग क्षेत्रमा नागरिकता संशोधन ऐनको विरूद्धमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएको छ। जफराबाद, मौजपुर, सलेमपुर र चाँदबाग क्षेत्रमा भएको प्रदर्शनले हिंसाको रुप लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

सोमबार भएको प्रदर्शनमा एक प्रहरी हवल्दारको मृत्यु भएको छ भने एक एसपी घाइते भएका छन्।

आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले ढुँगा बर्साएका थिए भने केही स्थानमा आगजनी समेत गरेका थिए।  भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले निकै संघर्ष गर्नु परेको थियो।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय गृहमन्त्रीलाई शान्ति व्यवस्था कायम गर्न अपील गरेका छन्।

प्रकाशित मिति: : 2020-02-25 07:27:24

प्रतिकृया दिनुहोस्