कविता

कविता: पुरुषको नग्न मस्तिष्क 

Janak karki Facebook
Janak karki Facebook

यति बेला एक पुरूष मष्तिस्कको भान्छा घरमा
पाकिरहेछ अनेक-अनेक अश्लील परिकारहरू
दनदनी बलिरहेको छ आगो चुल्होमा टेस्टास्ट्रनको इन्धनले

ताप्केको तातो तेलमा
डीप फ्राइ हुदैछ
सन्नी लियोनीका टाङ्गहरू
कुक्करले सिट्टी बजाइरहेको छ
पोर्नसाइटको नग्न  युवतीहरूलाई हेरेर

भान्छा कोठामा पाकिरहेको परिकारहरूले
छोडेर गएको तिव्र काम वासना 

अत्याधिक काम भोकले
अल्जाइमरको रोग हुनुपर्छ

अब चिन्दैन उसले आफ्नो-बिरानो
मान्दैन उसले धर्म-अधर्म
जान्दैन उसले सानो-ठूलो
ठान्दैन उसले दया-माया

भोकले ,
ऊ खान्छ शिशुको नयाँ भोटो
बालिकाको फुलबुट्टे जामा
किशोरीको कुर्ता सलवार
युवतीको लेगिज
बृद्धको गुन्यु चोली

ए ! चिकित्सक बिज्ञान 
तिमी के हेरेर बसेको
निर्माण गर यस्तो औषधि 
उसको दिमागमा पाक्न छाडोस्
अश्लील परिकारहरू।

 

प्रकाशित मिति: : 2021-02-20 12:04:00

प्रतिकृया दिनुहोस्