विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २७ सय १ पुग्याे, साढे २७ हजारले स्वास्थ लाभ लिए

बिएल संवाददाता

काठमाडाै‌ं

चीनमा नोवेल कोरोना (कोभिड–१९) भाइरसबाट मंगलबार बिहानसम्ममा २ हजार ६ सय ६३ जनाको ज्यान लिएको छ। योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २७ सय १ पुगेको छ।

पछिल्लो विवरणअनुसार, इरानमा १२, दक्षिण कोरियामा ९, इटलीमा ७, डायमण्ड प्रिन्सेसमा ४, हङकङ २, जापान, फिलिपिन्स, ताइवान र फ्रान्समा एक/एक जनाको ज्यान गएको छ।

हुवे प्रान्तबाट सुरु भएको भनिएको कोभिड–१९ बाट पछिल्लो पटक चीनमा ५०९, दक्षिण कोरियामा ६० र इटलीमा २ जना कोरोना भाइरसको संकेत देखिएको छ।

याेसँगै भाइरसको लक्षण ८० हजार १५० जनामा देखिएको अलजजिराले जनाएकाे छ। जसमध्ये दुई हजार ४ सय ९१ चीनको मुख्य भूमि बाहिरका छन्।

कोरोनाको लक्षण चीन बाहिर सबैभन्दा बढी दक्षिण कोरियामा ८ सय ९३ जनामा देखिएको छ। कोरोनाको संकेत देखिएका २७ हजार ६६८ जनाले स्वास्थ लाभ गरिसकेका छन्। 

दक्षिण कोरियामा २२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् भने ५ जना सिकिस्त छन्।

नेपालसहित श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एक/एक जनामा भाइरसको लक्षण देखिएको र उनीहरू सबैले स्वास्थ्य लाभ गरिसकेका छन्। 

सिकिस्त बिरामीमध्ये मृत्युदर ९ प्रतिशत रहेकाे छ ।

प्रकाशित मिति: : 2020-02-26 00:57:11

प्रतिकृया दिनुहोस्