बाँस्कोटाको 'भव्य' भनिएको घर खोज्न बालकोटदेखि टीकाथली पुग्दा, तर…

पहिलोपोष्ट

काठमाडाै‌ं

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली तेह्रथुमस्थित आफ्नो जन्मघरमा ६९ औँ जन्मदिनको केक काट्दै गर्दा भक्तपुरस्थित निवास भने सुनसान देखिन्थ्यो। ओलीका तीन घरमध्ये दुई घरमा राष्ट्रिय झन्डा फहराइरहेको थियो। माझघरमा एकजना सुरक्षाकर्मी देखिन्थे। भित्र कुनै चहलपहल थिएन।

हामी 'अडियो काण्ड'का कारण बिहीवारमात्र राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको नयाँ घरको खोजीमा यहाँसम्म आइपुगेका छौँ।

हामीलाई सूचना थियो : सञ्चारमन्त्री बाँस्कोटाको गुपचुप 'भव्य भवन' बनेको छ। तर, उनी पब्लिसिटीका लागि प्रधानमन्त्री ओलीको घरमा बसिरहेका छन्।

'वरपरका मानिसलाई थाहा होला,' यही सोच्दै साथी प्रवीण रानाभाट र म नजिकैको चियापसल पस्यौँ। चिया पसले रहेछन् काभ्रेतिरकै।

कोशीपारी घर बताउने चिया पसले भन्दै थिए : गोकुल बाँस्कोटाले थोरै समयमा काभ्रेमा राम्रो विकास भित्र्याए। राम्रो छवि भएको मान्छे हो। केन्द्रसम्म पहुँच भएको मान्छे। जिल्लालाई त धेरै राम्रो थियो नि। त्यस्तै मान्छे चाहिन्छ विकासका लागि।

यस्तो मान्छे एक्कासी गिरेको भन्दै चिन्तित देखिए उनी। कोशीपारीमा धेरै राम्रो भइसकेको उनी बताउँदै थिए। बाँस्कोटाबारे थप्दै थिए, '५० हजारभन्दा बढी भोटको फरकले जितेको मान्छे उहाँ। जिल्लाभर राम्रो काम गर्नुभएको छ। एसियाकै राम्रो अस्पताल बन्न लागेको छ साँगामा। उहाँले नै त लगेका हुन्।'

प्रकाशित मिति: : 2020-02-26 03:19:13

प्रतिकृया दिनुहोस्