विश्व खेलकुदमा कोरोनाको असर : खाली रंगशालामा फुटबल

नेपाल लाइभ

काठमाडाै‌ं

इटालियन क्लब इन्टर मिलानले युरोपा लिगको अन्तिम ३२ टिमको खेलमा बुल्गेरियन क्लब लुडोगोरट्स राज्गार्डविरुद्ध खेल्दैछ। तर, बिहीबार राति इन्टर मिलानको घरेलु मैदानमा हुने खेलमा दर्शक भने हुने छैनन्। यसको कारण हो कोरोना भाइरसको डर। 

गएको आइतबार नै इटालियन सिरी ए अन्तर्गत हुनुपर्ने चार खेल पनि कोरोनाकै डरले स्थगित गरिएको थियो। जसमध्ये इन्टर मिलानमै हुनुपर्ने इन्टर मिलान र साम्पोडोरियाबीचको खेल पनि हो। त्यस्तै टोरिनो र पार्मा, भेरोना र काग्लिएरी साथै सासुओलो र एटलान्टाबीचको खेल पनि स्थगित गरिएको थियो। 

अहिले युरोपा लिग अन्तर्गतकै खेल पनि कोरोनाको डरले प्रभावित हुने देखिएपछि विभिन्न क्लब, सरकारी अधिकारी र युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएबीच कुराकानी भइरहेको छ। 

प्रकाशित मिति: : 2020-02-26 05:43:22

प्रतिकृया दिनुहोस्