रक्षामन्त्री पोखरेलको श्वेतपत्र : यतीसँग प्रचण्ड, देउवा र बामदेव मुछिए !

अनलाइनखबर

काठमाडाै‌ं

गोकर्ण रिसोर्ट यती होल्डिङ्सलाई थप २५ वर्षलाई लिजमा दिने निर्णय गरेकोमा चर्को आलोचना खेप्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ३ मा संसदमा उभिएर भनेको थिए, ‘पाथीभरा कसले दिएछ, सोल्टी कसले दिएछ, दरबार अगाडि कसले दिएछ, अरु-अरु ठाउँमा ककसले दिएछ, त्यो अध्ययन गर्दैछ ।’

सरकारको भनेको अध्ययन सकिएको छ र, नेपाल ट्रष्टले मंगलबार श्वेतपत्र सार्वनजिक गरेको छ ।

श्वेतपत्रमा गोकर्ण रिसोर्टको झण्डै ६ वर्ष अवधि बाँकी छँदा नै लिज अवधि थप गर्ने निर्णयको बचाउ मात्र गरिएको छैन, नेपाल ट्रष्टले निर्णय गर्दा ट्रष्टमा को संरक्षक (प्रधानमन्त्री) र को अध्यक्ष (गृहमन्त्री) थिए भन्ने समेत खुलाइएको छ । जसअनुसार तत्कालीन प्रधानमन्त्रीहरू सुशील कोइराला, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड तथा तत्कालीन गृहमन्त्रीहरु बामदेव गौतम, विमलेन्द्र निधि र जनार्दन शर्मा प्रभाकरको नाम उल्लेख गरिएको छ ।

तर रोचक के छ भने प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेलको नाम श्वेतपत्रमा छैन । यस्तै, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नाम पनि छैन ।
 

प्रकाशित मिति: : 2020-02-26 06:21:03

प्रतिकृया दिनुहोस्