बेन स्टोक्स र बट्लरलाई बेलायतको प्रसिद्ध अवार्ड ‘अर्डर अफ दि ब्रिटिश इम्पाएर’

बिएल संवाददाता

काठमाडाै‌ं

क्रिकेटर बेन स्टोक्स र जोश बट्लरले बेलायतको प्रसिद्ध अवार्ड ‘अर्डर अफ दि ब्रिटिश इम्पाएर’ प्राप्त गरेका छन्।

बकिङहम प्यालेसमा मंगलबार राति भएको एक समारोहमा स्टोक्स र बट्लरलाई अवार्ड प्रदान गरिएको हो।

स्टोक्स र बट्लरलाई बेलायती राजकुमार विलियम्सले अवार्ड प्रदान गरेका थिए।

स्टोक्सले यसै वर्ष आईसीसी वर्ष खेलाडी अवार्ड र बीबीसी स्पोर्ट्स ‘पर्सनालिटी अफ दि इयर’ अवार्ड जितेका थिए।

स्टोक्सको उच्च प्रदर्शनले इंग्ल्यान्डले गत वर्ष घरेलु मैदानमा भएको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो। फाइनलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराएको थियो।

प्रकाशित मिति: : 2020-02-27 00:27:46

प्रतिकृया दिनुहोस्