अशिश्माको गीतमा शुशीलाको ठुम्का

बिएल संवाददाता

काठमाडाै‌ं

अभिनेत्री अशिश्मा नकर्मीले गीत गाएकी छिन्। नकर्मीले ‘कोइ भन्छन् मलाई स्वर्गकी परी, कोइ भन्छन् मलाई घर्तिकी सुन्दरी’ बोलको यस गीत गाएकी हुन्।

यस गीतमा सन्तोष श्रेष्ठको संगीत, मनोज चौलागाईको संगीत संयोजन, शान्तिप्रियको शब्द रचना रहेको छ।

गीतमा नृत्याङ्गना तथा मोडल शुशीला थापाले ठुम्का लगाएकी छिन्। गीतको नृत्य तथा निर्देशन राजीव बलामिले गरेका हुन्। फर्पिङको रमणीय दृश्यमा समेटिएको भिडियोलाई मुकेश हुमागाईले खिचेका हुन्।

गीतको स्टिल फोटोग्राफी राम ढकालले गरेका छन् भने श्रृंगार कविता तोलाङ्गीले गरेकी छिन्। गीतलाई गीतकार शान्तिप्रियले निर्दिष्ट गरेका छन्। 
 

प्रकाशित मिति: : 2020-02-27 00:53:55

प्रतिकृया दिनुहोस्