वार्नरले सनराइज हैदराबादको कप्तानी गर्दै

बिएल संवाददाता

काठमाडाै‌ं

सनराइज हैदराबादको कप्तानी डेभिड वार्नरले गर्ने भएका छन्।

यो सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल)को कप्तानी वार्नरले गर्ने भएका हुन्। हैदराबादले बिहीबार अष्ट्रेलियन ब्याट्सम्यान वार्नरले कप्तान घोषणा गरेको हो।
यसअघि २०१८ र ०१९ मा केन विलियम्सन कप्तान थिए। २०१८ मा वार्नर बल टेम्परिङ विवादमा परेपछि हैदराबादले विलियम्सनलाई कप्तानको जिम्मेवारी दिएको थियो।

विलियम्सनको कप्तानीमा हैदराबादले २०१८ मा फाइनल खेलेको थियो। तर, चेन्नई सुपर किङ्गसँग पराजित भयो। गत सिजन इलिमिनेटरमा दिल्ली क्यापिटलसँग हार्‍यो।

यसअघि वार्नर २०१५ देखि २०१७ सम्म सनराइजर्स हैदराबादको कप्तान थिए र, २०१६ मा उपाधि दिलाए। आईपीएल मार्च २९ बाट सुरु हुनेछ। 
 

प्रकाशित मिति: : 2020-02-28 01:35:54

प्रतिकृया दिनुहोस्