जापानमा काम गरिरहेकी एक नेपाली युवतीको स्टोरमा लुटपाट

बिएल संवाददाता

गिफु (जापान) 

नेपालबाट रोजगारीका लागि जापान गएकी २२ वर्षीय एक युवतीलाई हातपात गर्दै एक युवाले उनी काम गरेको स्टोरबाटै लुटपाट गरेका छन्।

जापानबाट प्रकासित हुने गिफु सिन्बुनको अनलाइन संस्करणमा प्रकासित समाचार अनुसार घटना फेब्रुअरी २६ तारिख अर्थात यसै मंगलबार बिहान पाँच बजे भएको थियो। 

‘पार्ट टाइम’ काम गर्ने ती युवती गिफुस्थित ताजिनमा रहेको ‘सेभेन इलेभेन’ को गिफुताजिन शाखामा कार्यरत थिइन। उनीमाथि हातपात गरेर २० हजार येन लुटेर लगेको समाचारमा उल्लेख छ। 

युवतीलाई ठूलो चोट नलागेपनि उनी डराएको अवस्थामा छिन्। गिफुस्थित प्रहरीका अनुसार लुटपाट गर्ने पुरुषको खोजी भइरहेको छ। प्रहरीका अनुसार लुटपाटमा संलग्न व्यक्ति स्टोरमा प्रवेश गरेपछि काउन्टरमा रहेको नेपाली युवती कहाँ पुगेको र उनलाई धकल्दै पैसा लुटेर लगेकाे बताइएको छ। 

युवतीले डराएर दोकानको हिसाब किताब राख्ने पैसाको बक्सा अर्थात रेजी खोल्ने बित्तिकै पैसा लिएर भागेका थिए। समाचारका अनुसार त्यो दिन नेपाली युवती एक्लै स्टोरमा काम गरिरहेकी थिइन। 

‘चोरी गर्ने व्यक्तिको उमेर ३० वर्ष जस्तो छ। उनी कालो नेक वार्मर र खैरो ज्याकेट र दुबै हातमा सेतो पन्जा लगाएर आएका थिए। उसको उचाई १६० सेन्टिमिटर थियाे। उसँग हतियार भने देखिएन,’ नेपाली युवतीले बयानका क्रममा भनेकी छिन्। 

घटना लगत्तै नेपाली युवतीले स्टोरका प्रबन्धकलाई सूचना दिएकी थिइन। उनकाे नामकाे खुलासा भने गरिएकाे छैन।
 

प्रकाशित मिति: : 2020-02-28 08:43:24

प्रतिकृया दिनुहोस्