फ्रान्स पठाइदिन्छु भन्दै ३८ लाख ठगी गर्ने महिला पक्राउ

वैदेशिक रोजगारका लागि फ्रान्स पठाइदिन्छु भन्दै तीन जनालाई ठगेकाे आरोपमा एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा रुपन्देही घर भइ काठमाडाैं तारकेश्वर नगरपालिका-१९, मनमैजु बस्ने पूर्णिमा श्रीष रहेका छन्।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पूर्णिमालाई मनमैजुबाटै पक्राउ गरेको हो।

श्रीषले आकर्षक तलबकाे प्रलोभन देखाउँदै फ्रान्स पठाइदिने भन्दै ३ जना व्यक्तिबाट ३८ लाख ५० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ। रकम ठगी गरेर भागेपछि पीडित शीरबहादुर थापाले गएको माघ २८ गते उजुरी दिएका थिए।

पक्राउ परेकी पूर्णिमालाई थप कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डाैमा पठाइएको महाशाखाले जनाएको छ। 

प्रकाशित मिति: : 2020-02-28 11:28:05

प्रतिकृया दिनुहोस्