सिर्सिया नदीमा एक शिशु मृत भेटिए

वीरगञ्ज १६ पशुपतिनगर छेउ दशगजास्थित सिर्सिया नदीमा एक वर्षीय शिशु मृत भेटिएका छन्। भारत बिहार रतनपुरी घर भइ वीरगञ्ज चण्डाल चोकमा ग्यारेजमा काम गर्दै आएका रमोद साहका एक वर्षीय छोरा प्रशान्त साह मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार एकै परिवारका तीनवटा बच्चा एकै साथ हराएको उजुरी आएको थियो। प्रशान्तसँगै हराएका ५ वर्षीय अमरद्विप साह र ३ वर्षीया आँसु कुमारी अझै फेला परेका छैनन्।

प्रहरीले बारा गढीमाई नजिकै मलानी माइतीघर भएकी रमोदको श्रीमती उर्मिलादेवीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी वीरेन्द्र शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।

घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: : 2020-02-29 01:34:55

प्रतिकृया दिनुहोस्