जिउँदो सालकको अवैध बिक्रीमा संलग्न दुई जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

प्रहरीले जिउँदो सालकको अवैध बिक्रीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनीहरुलाई सुन्धाराको सिभिल मल अगाडिबाट बिहीबार पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भइ चापागाउँ बस्दै आएका ३३ वर्षीय टिके तामाङ र मकवापुर घर भइ पाटन बस्दै आएका १९ वर्षीय अनिश तामाङ छन्।

पक्राउ परेको दुवै जनार्लाइ थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको थापाले बताए।

प्रकाशित मिति: : 2020-02-29 04:57:41

प्रतिकृया दिनुहोस्