नेपालगञ्जमा किशोरीलाई आत्मरक्षा तालीम

नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगरपालिकाले महिला तथा किशोरीको आत्मरक्षाका लागि तालीम सञ्चालन गर्ने भएको छ। 

उक्त तालिममा कठिन परिस्थितिमा आफूलाई कसरी सुरक्षित राखेर प्रतिद्वन्द्वीसँग मुकाबिला गर्ने कलाकौशल सिकाइने महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिइन।

‘तालिमको लागि सूचना सार्वजनिक गरिसकिएको छ’ उनले भनिन्। किशोरी एवं किशोरी समूहका सदस्य, बाल क्लबका किशोरी सदस्य तथा छात्रा विद्यार्थीलाई पहिलो प्राथमिकता दिइने अधिकृत पाण्डेकाे भनाइ छ।

नेपालगञ्जको रङ्गशालामा फागुन २० देखि २४ गते बिहान ६ बजेदेखि १० बजेसम्म तालीम सञ्चालन हुने उपमहानगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-01 00:25:11

प्रतिकृया दिनुहोस्