प्यूठानमा विपन्न परिवारका लागि बस्ती निर्माण

प्यूठानमा नौवहिनी गाउँपालिकाले विपन्न परिवारका लागि एकीकृत बस्ती निर्माण गरेको छ।

आफ्नो क्षेत्रभित्र रहेका विपन्न परिवारको आवासका लागि बस्ती निर्माण गरेको हो। गाउँपालिकाका अध्यक्ष शिवराज रिजालका अनुसार वडा नं ५ स्थित गाबैमा बस्ती निर्माण गरिएको हो।

गाउँपालिकाले विपन्न परिवार बढी भएको गाउँलाई छनोट गरी बस्ती निर्माण गरेको अध्यक्ष रिजालको भनाइ छ। ‘रु ५० लाख लगानीमा एकीकृत बस्ती निर्माण गरिएको हो’ उनले भने।

त्यस्तै गाउँपालिकाबाट रु ७६ लाखभन्दा बढी खर्च भएको र स्थानीयको समेत जनश्रमदान रहेको अध्यक्ष रिजालले बताए। ‘एउटा घर बराबर रु पाँच लाख खर्च भएको छ’ अध्यक्ष रिजालले भने।

अबको एक महिनाभित्रमा लक्षित समुदायलाई घर हस्तान्तरण गरिने गाउँपालिकाका योजना शाखा प्रमुख अरविन्द वर्माले जानकारी दिए। ‘बस्तीमा दुई कोठे घरसँगै शौचालय पनि निर्माण गरिएको छ’ प्रमुख वर्माले भने।

गाबैमा २२ विपन्न परिवार रहेका छन् जसमध्ये निर्माण गरिएका घर पाउनेमा १५ दलित परिवार र एक जनजाति परिवार रहेका गाउँपालिका अध्यक्ष रिजालले बताए।

प्रकाशित मिति: : 2020-03-01 01:27:41

प्रतिकृया दिनुहोस्