अचानक तय भएको ‘नक्कली प्रचण्ड’ पथ!

नेपालन्यूज

काठमाडौं

‘म त बुबा-आमाले नचाहँदा-नचाहँदै जन्मेको मान्छे हुँ रे ! बाँच्नका लागि हरेकको आ-आफ्नै संघर्षका कथा हुन्छन्। तर, मेरो त गर्भमा पनि बाँच्नका लागि संघर्ष चलेको रहेछ,’ वाक्य पूरा नहुँदै पंक्तिकार अवाक भयो।
मनमा प्रश्न उब्जियो। अरे ! यस्तो पनि हुन्छ? सोच्दै थिएँ।
उनले कथा सुनाउँदै गए।

‘मान्छेको जीवन–संघर्ष जन्मिएपछि हुन्छ भन्छन्। तर, मैले त जन्मनकै लागि आमाको गर्भमा ठूलै संघर्ष गरेछु। परिवारलाई मेरो आवश्यकता नै थिएन रहेछ। म गर्भमै थिएँ रे, अनि परिवारले मेरो आवश्यकता नठानेपछि आमाले गर्भपतनको औषधि सेवन गर्दागर्दै पनि जबर्जस्ती जन्मिएछु,’ घनश्याम फिस्स हाँसे।

प्रकाशित मिति: : 2020-03-01 05:05:40

प्रतिकृया दिनुहोस्