भारतको आपत्ति पछि एसिया कपको खेल पाकिस्तानको सट्टा दुबईमा परिवर्तन गरिएको छ। भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) का अध्यक्ष सौरव गांगुलीले दुबईमा हुने प्रतियोगितामा भारत र पाकिस्तान दुबैले भाग लिने बताए।
यसअघि प्रतियोगिताको आयोजना पाकिस्तानलाई सुम्पिएको थियो। तर, भारतले आपत्ति जनाएपछि दुबईमा सारिएको हो। गांगुलीले यसको जानकारी शुक्रबार राती दुबई जानुपूर्व दिए। उनी एसियाली क्रिकेट महासंघको मिटिङमा भाग लिन गइरहेका थिए।
एसिया कपमा ६ देश सहभागी हुदैछन्।
यसमा भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश पहिले नै तय भइसकेको छ। छैटौं टिमको छनोट भने क्वालिफायरमार्फत हुनेछ।