बंगलादेशी क्रिकेटर सोमैयाको बिहेमा मोबाइल चोरी

बंगलादेशी क्रिकेटर सोमैया सरकारको बिहेमा चोरी भएको छ। उनले प्रियोन्ति देबनाथ पुजा नाम गरेकी १९ वर्षीय युवतीसँग बिहे गरेका छन्। विवाह समारोहमा बंगलादेशका दिग्गज क्रिकेटर समावेश थिए। 

यही अवसरमा दुलहीको बुवासहित ७ जनाको मोबाइल चोरी भएको थियो। विवाहमा समावेश भएका मानिसहरूले एक जनाको मोबाइल चोरी गरिरहेको अवस्थामा चोरलाई फेला पारेपछि मारपिट सुरु भएको थियो। 

मिडियाकर्मीले घटनाको फोटो लिन खोजेपनि आगन्तुकले रोकेका थिए। विहेको माहौल बिग्रिन थालेपछि प्रहरीलाई तत्कालै खबर गरिएको थियो। खुलनास्थित तुतपारामा बसोबास गर्ने प्रियोन्ताले हालै ढाकाको इंग्लिस मिडियम स्कुलबाट यही वर्ष ‘ओ लेभल’ पास गरेकी थिइन। 

सन् २०१४ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेका सोमैया सरकारले १५ टेस्ट र ५५ एकदिवसीय तथा ४८ टि–२० खेलेका छन्। उनले बिहेकै लागि जिम्बाबेविरूद्ध मिरपुरमा भएको टेस्ट खेलेका थिएनन्। 
 

प्रकाशित मिति: : 2020-03-02 07:26:14

प्रतिकृया दिनुहोस्