कोरोना भाइरस ६५ देशमा, जहाँ छन् साढे ३३ लाख बढी नेपाली, विमानस्थलमा सबै यात्रुको ज्वरो जाँचिने

नेपालन्यूज

काठमाडौं

सुरेन्द्र पौडेल

दुई महिनाअघि चीनको हुबई प्रान्तको राजधानी उहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वका ६५ देश तथा भूभागमा फैलिएको छ। कोरोना भाइरस संक्रमण देखिएका ती देश तथा भूभागमा साढे ३३ लाखभन्दा बढी नेपालीहरू रहेका छन्।

भाइरसको संक्रमण फैलन नापाओस् भनेर विभिन्न मुलुकले कोरोना भाइरस बढी प्रभावित देशका नागरिकलाई यात्रा तथा भिसामा कडाइ र प्रतिबन्ध लगाउने क्रम बढ्दो छ। नेपालले भने हालसम्म कोरोना भाइरस बढी प्रभावित देशका नागरिकलाई नेपाल प्रवेशमा कुनै पनि प्रकारको कडाइ गरेको छैन।

‘हालसम्म कोरोना भाइरस बढी प्रभावित देशका पर्यटकलाई नेपाल प्रवेश तथा भिसा प्रक्रियामा कडाइ गर्ने कुनै निर्णय भएको छैन,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपालन्युजसँग भने, ‘यो छलफलकै चरणमा छ।’

जापान, दक्षिण कोरिया र कुवेतस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन भनेका छन्। दूतावासहरूले ती देशमा रहेका नेपालीलाई सार्वजनिक यातायात प्रयोग नगर्न, भिडभाडमा नजान र मास्कको अनिवार्य प्रयोग गर्न सुझाव दिएका छन्। तर, नेपालमा आउन कोरोना भाइरस प्रभावित देशका पर्यटकलाई अस्थायी रूपमा केही दिनका लागि प्रवेशमा रोक लगाउन भने सरकारले हालसम्म कुनै कदम चालेको छैन।

प्रकाशित मिति: : 2020-03-03 12:14:17

प्रतिकृया दिनुहोस्